राजनीति


पार्टीको सिद्धान्तबारे जनतालाई राम्ररी बुझाउन सके बहुमत ल्याउन सकिन्छ: शेरबहादुर देउवा

पार्टीको सिद्धान्तबारे जनतालाई राम्ररी बुझाउन सके बहुमत ल्याउन सकिन्छ: शेरबहादुर देउवा

नेपालखबर
साउन ५, २०८२ सोमबार १८:४०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउनसके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्।

कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिष्पर्धी पार्टीभन्दा राम्रो सिद्धान्त कांग्रेसको रहेकाले यसबारे जनतालाई बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका हुन्।

सबैभन्दा पुरानो पार्टी कांग्रेसको प्रजातान्त्रिक समाजवाद अन्य दलको भन्दा फरक रहेको उनको भनाइ छ।

सभापति देउवाले सबै नागरिकहरुलाई समावेश गर्ने गरी समावेशी सिद्धान्तका आधारमा बनेको संविधान र निर्वाचन प्रक्रिया रहेकाले सबैको समर्थन प्राप्त गर्न सक्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहिन भन्ने समाजमा रहेको जबरजस्त नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताए। आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए।

थापाले पुराना कुरालाई जोगाउँदै नयाँ ज्ञानको खोजी गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको उल्लेख गरे। कार्यक्रममा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad