राजनीति


नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट र स्वतन्त्र छ : कानुनमन्त्री चौरसिया

नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट र स्वतन्त्र छ : कानुनमन्त्री चौरसिया

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १६:५५, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ट भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भेदभाव अन्त्य र मानव अधिकारको संरक्षणका लागि आवश्यक कानुन निर्माण तथा संशोधनको प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको जानकारी दिए।

‘संविधानले स्वीकार गरेका सबै प्रकारका असमानता र भेदभावहरु अन्त्य गर्ने, सबैका लागि मानव अधिकारको अवस्था र मानव अधिकारसम्बन्धी कानूनहरु निर्माण गर्ने काममा धेरै वटा कानूनहरु निर्माण भइसकेको र केही निर्माण हुने क्रममा रहेका छन्,’ चौरसियाले भने, ‘नेपालको न्यायपालिका स्वतन्त्र न्यायपालिका हो। साउथ एसियाकै उत्कृष्ट न्यायपालिका हो।’

उनले केही कानुन बनिरहेका र केही मन्त्रिपरिषद्‍मा गएको समेत बताए। ‘केही कानुनहरू बनिरहेका छन्, चार वटा विधेयक क्याबिनेटमा गइसेका छन्,’ मन्त्री चौरसियाले भने, ‘केही कानुन छिट्टै संसद्‍मा लैजाने प्रक्रियामा छौं। कुनैपनि व्यक्तिलाई प्रहरीले सिधै समात्ने, कारबाही गर्ने अवस्थाबाट आम नागरिकलाई मुक्त गराउनको लागि त्यो अग्रिम जमानतको व्यवस्था कानुनमा अन्य लोकतान्त्रिक मुलुक जस्तै भइरहेको जानकारी गराउन चाहन्छु।’

कानुन निर्माण र संशोधनका विषयमा आफ्नो मन्त्रालय सधैं गम्भीर र जिम्मेवार रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad