नेकपा एमाले नेता राजन भट्टराईले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई लक्षित गर्दै फेरि एक पटक झुठलाई दोहोर्याएको बताएका छन्।
फेसबुकमार्फत उनले ‘झुठलाई बारम्बार दोहोर्याए सत्य ठहरिन्छ’भन्ने पुरानै मानसिकतामा पुन रहेको समेत आरोप लगाएका छन्।
‘माओवादीका एक उपमहासचिवले आज पुनः एकपटक विगतदेखि गर्दै आएको भ्रमपूर्ण र असत्य प्रवृत्तिलाई दोहोर्याएका छन्,’ भट्टराईले लेखेका छन्, ‘झुठलाई बारम्बार दोहोर्याए सत्य ठहरिन्छ’भन्ने पुरानै मानसिकतामा उनी अहिले पनि रहेछन्।’
पुनले आजै माओवादीको एक कार्यक्रममा ‘कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाले’मा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी’ गरेको दाबी गरेका थिए।
त्यसप्रति लक्षित गर्दै भट्टराईले टिप्पणी गरेका हुन्।
Shares

प्रतिक्रिया