राजनीति


एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा

अध्यक्ष ओलीले जवाफ दिएर आजै बैठक समापन गर्ने तयारी
एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा

नेपालखबर
साउन ३, २०८२ शनिबार १५:२४, काठमाडौँ

नेकपा (एमाले)को शुक्रबारदेखि जारी पोलिटब्युरो बैठकमा नेताहरुले धारणा राख्नेक्रम दोस्रो दिन पनि निरन्तर चलिरहेको छ। 

ललितपुरको च्यासलस्थित मुख्यालयमा बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म ३२ जनाले धारणा राखिसकेका छन्। ९९ सदस्यीय पोलिटब्युरो रहेकोमा १९ जना पदाधिकारीले सचिवालय बैठमा धारणा राखेका थिए। 

त्यस्तै शुक्रबार ७ जनाले बोलेका थिए। सचिवालय बैठकमा समेत गरेर अहिलेसम्म ५८ जनाले धारणा राखिसकेका छन् भने ४१ जनाले अझै बोल्न बाँकी छ। यद्यपि, बाँकी सबैले धारणा राख्ने, नराख्ने निश्चित भइसकेको छैन।

सदस्यहरूले धारणा राखेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। बैठक आजै सकाउने तयारी छ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ। 

त्यस्तै पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ। 

संशोधन प्रस्ताव प्रस्तावलाई पोलिटब्युरोले संशोधन गर्छ या जस्ताको त्यस्तै पारित गर्छ भन्नेमा धेरैको चासो रहेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा आउने घोषणाले पनि यो विषयलाई अझै अर्थपूर्ण बनाएको हो।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad