राजनीति


वामदेव–माधव अंकमालप्रति सूर्य थापाको टिप्पणी: ‘लगनपछिको पोते’

वामदेव–माधव अंकमालप्रति सूर्य थापाको टिप्पणी: ‘लगनपछिको पोते’

नेपालखबर
साउन ३, २०८२ शनिबार ५:५९, काठमाडौँ

शुक्रबार (साउन २ गते) नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्।

एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको अंकमालले धेरैको ध्यान खिचेको छ।

यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले त्यस तस्बिरका विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। 

वामवदेव र माधवको अंकमाललाई उनले 'अर्थ न बर्थ' तथा 'लगनपछिको पोते'को संज्ञा दिएका छन्। 

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल! ऊर्जाबेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए...? अनि, नि:सर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ...? लगनपछिको पोते!’

वामदेव र माधव दुवै एमालेबाट अलग्गिएका नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad