प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा लडेर आएकाले यसप्रति सरकारको स्पष्ट रहेको बताएका छन्। प्रगतिशील कानुन व्यवसायीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र स्थापनाका लागि लडेर आएकोले अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र, मानवअधिकारका मूल्यमान्यताका आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने बताएका हुन्।
'हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छौँ। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ,’ उनले भने, 'हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यबिना मानव अधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’
उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षलाई सरकारले ग्रहण गर्ने पनि बताए।
Shares

प्रतिक्रिया