हङकङको चुनवानमा आगलागी, एक जनाको मृत्यु

हङकङको चुनवानमा आगलागी, एक जनाको मृत्यु

चुनवानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ (ह्यान्डआउट)


नेपालखबर
साउन २, २०८२ शुक्रबार १९:२१, हङकङ

हङकङको चुनवानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ ४ बजे शेकवाई कक स्टेटको शेकटु हाउसमा आगलागी हुँदा भवनबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

भवनबाट खसेर घाइते व्यक्तिलाई यानचाइ अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

यस्तै आगलागीका कारण पीडित एक महिलालाई पनि सोही अस्पताल लगिएको थियो।

आगलागी भएपछि भवनबाट ८० जनालाई बाहिर निकालिएको थियो। 

सरकारी प्रवक्ताका अनुसार, अग्नि सेवा विभागले साँझ ४.०६ बजे आगलागीको खबर प्राप्त गरेको थियो साँझ ४:२९ बजे नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .