प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका काम गरिरहेको दाबी गरेका छन्।
शुक्रबार काठमाडौँमा नेपाल-चीन संस्कृति शिखर सम्मेलनको शुभारम्भ गर्दै आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको बताएका हुन्।
नेपाल र चीन सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने पनि उनले उल्लेख गरे।
‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ। आफ्नो गच्छेअनुसार गति अघि बढाइरहेको छ। मित्रताका लागि गच्छे चाहिँदैन। यसै गर्न सकिन्छ प्रधानमन्त्री ओलीले भने, ‘गच्छेअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ। हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ।’
उनले नेपाल-चीनबीचको मैत्री सम्बन्ध अगाडि बढाउने सन्दर्भमा कुनै पनि काम गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए।
51
Shares

प्रतिक्रिया