राजनीति


एक जनालाई २०६ रुपैयाँ बजेट छ, बिहान बेलुका पालिनुपर्छ: आईजीपी अर्याल

एक जनालाई २०६ रुपैयाँ बजेट छ, बिहान बेलुका पालिनुपर्छ:  आईजीपी अर्याल

नेपालखबर
साउन २, २०८२ शुक्रबार १४:१२, काठमाडौँ

सशस्त्र प्रहरीका प्रमुख आईजीपी राजु अर्यालले संगठनले अहिले पाइरहेको बजेट अपुग भएको बताएका छन्। शुक्रबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले संगठनले अहिले पाइरहेको बजेट रासन, सवारी साधन, पोसाक, आवास सबै क्षेत्रमा अपुग हुने खालको भएको बताएका हुन्। 

सशस्त्र प्रहरीलाई एक वर्षका लागि ३ अर्ब ७ करोड रुपैयाँ चाहिने भए पनि अहिले सरकारले ६१ करोड १८ लाख रुपैयाँ मात्रै दिएको बताए। 

गृहमन्त्री लेखककै सामुन्ने उनले भने, 'रासनका लागि एक जनालाई दैनिक २०६ रुपैयाँ छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ। सबै पोशाकका लागि वर्षमा ३ अर्ब ७ करोड चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाखमात्रै दिने गरेको छ।’

अर्यालले ५ सय ठाउँमा सशस्त्रको सीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको पनि बताए। अहिले १७ जिल्लामा अस्थायी कार्यालय रहेको, २६० ठाउँमा मात्रै बीओपी भएको र गस्तीमा केही ठाउँमा सवारी साधन अपुग भएको पनि गुनासो गरे।  

त्यस्तै विपद्‌मा सशस्त्र प्रहरी परिचालन हुँदा उनीहरूकै ज्यान जाने तर उनका परिवारलाई २५ लाख बिमा रकम दिने सोँच सरकारी तबरबाटै कार्यान्वयनमा आउनुपर्ने पनि अर्यालको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad