काठमाडौँ महानगरको जारी १७ औँ नगरसभामा उपमेयर सुनिता डंगोलले वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर-२०२५’ मा छनोट भएको भन्दै बधाई खाएकी छिन्।
नगरसभा सदस्य सर्मिला परियारले आफ्नो सम्वोधनका क्रममा छनोट भएमा सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरेकी थिइन्।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइन नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गर्नुपर्ने बताएकी थिइन्।
उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरु उठेका थिए भने मेयर बालेन शाहले पनि उठेर सम्मान व्यक्त गरेका थिए। सुरुमा बसेरै ताली बजाएका उनले त्यसपछि उठेर ताली बजाए।
त्यसपछि फेरि परियारले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरेकी थिइन्।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए।
दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी थिइन्।
Shares

प्रतिक्रिया