संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन्। बुधबार काठमाडौँमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताउँदै संस्कृति नभएको समाज नहुने तथा समाजको पहिचान संस्कृतिमै रहने उल्लेख गरे।
मन्त्री पाण्डेले सुधारका कुराहरू छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए। मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनको भनाइ छ।
12
Shares

प्रतिक्रिया