राजनीति


रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छ : मन्त्री खड्का

रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छ : मन्त्री खड्का

नेपालखबर
असार ३१, २०८२ मंगलबार १६:२४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले रसुवा भोटेकोसी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उनले आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताउनु जानकारी दिए।

‘बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको छ,’ खड्काले भने, ‘जसका कारण करिव २६० मेगाबाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको थियो भने सम्भावित आयोजनाहरुमा क्षति पुगेको थियो। ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको छ। क्षतिमा उल्लेख्य आयोजनाहरुमध्ये चिलिमे त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्ध भूमि, अप्पर मैलुङ लगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरु सञ्चालनमा ल्याइएको छ। ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुनेकुरा जानकारी गराउँछु। सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संरचनालाई सञ्चलनमा ल्याउन केही समय लाग्नेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad