राजनीति


देशमा सुशासन कायम नहुँदा जनतामा निराशा बढ्यो: एमाले सांसद गिरी

देशमा सुशासन कायम नहुँदा जनतामा निराशा बढ्यो: एमाले सांसद गिरी

नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:४०, काठमाडौँ

नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन्।  

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन्। 

राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसद्ले समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ। 
 
‘हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपथ्र्यो हामीले त्यस्तो काम गर्न सकेका छैनौँ। यो सत्य हो। यसमा सिंगो सदनले आत्मसमिक्षा गरौं । देशमा विद्यमान राजनीतिक दलहरु पनि यसमा समिक्षा गरौँ,' उनले भने, 'हामीले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्यायौँ। सरकार परिवर्तन गर्‍यौँ। तर हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ।'

उनले भएका परिवर्तनहरूमाथि पनि चुनौती देखिएको बताए। चुनौतीका विषयमा सरकार र सबै राजनीतिक दलहरूले सोच्न ढिला गर्न नहुने उनको भनाइ छ।  
 
जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad