राजनीति


एमालेको सदस्यता नवीकरणका लागि परीक्षा अनिवार्य

एमालेको सदस्यता नवीकरणका लागि परीक्षा अनिवार्य

एमाले संगठन विभागको बैठक


नेपालखबर
असार ३१, २०८२ मंगलबार १३:३, काठमाडौँ

नेकपा (एमाले)को सदस्यता नवीकरणका लागि अब परीक्षा अनिवार्य हुने भएको छ।

सोमबार बसेको एमाले संगठन विभागको बैठकले ‘सदस्यता नवीकरणपूर्व अनिवार्य रुपमा परीक्षा दिनुपर्ने’ र त्यस्तो परीक्षा अनलाइनबाट हुने निर्णय गरेको हो।  

अनलाइन फारम भरेपछि मात्रै सदस्यता नवीकरणले पूर्णता पाउनेछ। त्यस्तै हरेक बर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ लागू गर्ने निर्णयसमेत विभागले गरेको छ। 

सदस्यता बिस्तारमा निरन्तर जोड दिइरहने र सदस्य संख्या मतदाताको ६ प्रतिशत संख्या पुर्‍याई छाड्ने समेत आठोट बैठकले गरेको छ। 
त्यस्तै एमालेले ‘दुई पुस्ता संगसंगै’ बिशेष कार्यक्रम चलाउने र हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय गरेको छ। 

यस्ता छन् संगठन विभागका निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad