नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्दै प्रश्न गरेका हुन्।
'राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ?' उनले सोधे।
उनले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गरे।
उनले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई सोधे, 'यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो? कुन वर्ग लाभान्वित भयो?'
Shares

प्रतिक्रिया