राजनीति


२०८४ को निर्वाचनलाई लक्षित गरेर रास्वपाले हस्ताक्षर अभियान चलायो : मैनाली

२०८४ को निर्वाचनलाई लक्षित गरेर रास्वपाले हस्ताक्षर अभियान चलायो : मैनाली

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १५:२८, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरुद्वारा संसद्मार्फत नकारात्मक भाष्य प्रवाह भइरहेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले प्रतिपक्षीदलहरू जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्तिमा लागेको आरोप लगाए। मैनालीले रास्वपाललाई लक्षित गर्दै हस्ताक्षर अभियान चलाएर आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्ने काम भएको आरोप लगाए।

‘हामी संसद्‍मा बसेर नकारात्मक भाष्य मात्र प्रवाह गरिरहेका छौँ, हामी जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्नको लागि विधिको शासन, संविधानको सर्वोच्चता, शक्तिपृथकीकरणको सिद्धान्तलाई समेत खिल्लि उडाउँदै चाहे त्यो संवैधानिक आयोगमा छानबिन भइरहेको भिजिट सिसा प्रकरणको विषय होस्, चाहे अदालतमा विचाराधीन रहेको मुद्दाको सन्दर्भमा होस्,’ उनले भने, ‘जुन हस्ताक्षर अभियान गरेर पार्टी निर्माणको पृष्ठभूमि र अगामी ०८४ को निर्वाचनलाई समेत ख्याल गर्दै प्रतिपक्षबाट जुन गतिविधि भएका छन्। यसले समाजमा निराशा र अन्यौलता सिर्जना गरेको छ।’ 

मैनालीले संसदीय मर्यादाभित्र बसेर मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad