राजनीति


उपकुलपति नियुक्तिको विरोध गर्दै क्रान्तिकारीले भन्यो- प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गरे

उपकुलपति नियुक्तिको विरोध गर्दै क्रान्तिकारीले भन्यो- प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गरे

नेपालखबर
असार २६, २०८२ बिहिबार १३:१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिप्रति असन्तुष्टि जनाएको छ। 

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार प्रा डा दीपक अर्याललाई उपकुलपति नियुक्त गरेका थिए। बिहीबार बिज्ञप्ति निकाल्दै अलिख क्रान्तिकारीले  त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक स्वायत्तता, पारदर्शिता र योग्यताका आधारमा नेतृत्व गर्न दिनुपर्नेमा त्यस विपरित भएको आरोप समेत लगाएको छ। 

‘विशेषतः कुनै स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना, शैक्षिक र व्यवस्थापकीय योग्यता बिना गरिएको यो नियुक्तिले विगतमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको दलीयकरणको चक्रबाट विश्वविद्यालयलाई मुक्त गर्ने ऐतिहासिक प्रयासलाई पूर्ण रूपमा पछाडि फर्काइएको छ,’ अध्यक्ष विजय सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘बल्ल तल्ल सिस्टममा चल्दै गरेको विश्वविद्यालयमा देशका प्रधानमन्त्री तथा कुलपतिले ठाडो हस्तक्षेप गरी कुनै अमुख पार्टिको झोला बोकेका राजनीतिक कार्यकर्तालाई उपकुलपति नियुक्त गर्दै विश्वविद्यालयलाई शैक्षिक संस्था होइन, राजनीतिक भागबण्डाको प्रयोगशालामा परिणत गरेको छ।’

रेक्टर, रजिस्ट्रार र नियन्त्रकको नियुक्तिमा पनि यस्ते हस्तक्षेप हुने क्रान्तिकारीले आशंका गरेको छ। ‘अब यो हस्तक्षेप क्रमशः रेक्टर, रजिस्ट्रार, कन्ट्रोलर हुदै डिन लगायतको नियुक्तिसम्म हुने गरी यो सरकार अघि बढेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै गरी विश्वविद्यालयको सिनेट बैठक विश्वविद्यालयमै हुनुपर्नेमा प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad