राजनीति


कुनै ठूलो विद्युत परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ: एनपी साउद

कुनै ठूलो विद्युत परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ: एनपी साउद

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार १३:५१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापना गर्न सके सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने बताएका हुन्।    

‘दीर्घकालीन रुपमा विद्युत निर्यातभन्दा कुनै ठूलो विद्युत परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापनाबाट सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र बाह्य निर्यात प्रवर्द्धन गर्न सकिन्छ,' सांसद साउदले भने।   

उनले सरकारलाई कृषकका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद आपूर्ति गर्न र आपूर्ति चक्रलाई नियमित रूपमा व्यवस्थित र दिगो बनाउन पनि आग्रह गरे । 

‘सरकारले कृषकहरूका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद उपल्ब्ध गराएर आपूर्ति चक्रलाई नियमित व्यवस्थित र दिगो बनाउन क्रियाशील होस् भन्ने आग्रह गर्दछु,’ साउदले भने ।  

उनले जेठ महिनामै रोपाइँ सुरु हुने कञ्चनपुरलगायतका जिल्लाहरूमा समयमा रासायनिक मल उपलब्ध गराउन नसकिएको गुनासो गरे । कृषकको लगानी, परिश्रम र आशामा तुषारापात भए वर्ष भरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभुति जोखिममा पर्ने साउदको भनाइ थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad