नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले पार्टीकाबारेमा नकारात्मक टिप्पणी हुने गरेको भन्दै त्यस्ता मान्छेहरुलाई विश्वास गर्न नसकिने बताएका छन्।
शुक्रबार पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मान्छेमा पार्टी बनाउने आत्म विश्वास पनि नहुने उल्लेख गरे।
‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्,’ नेपालले भने, ‘सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन।’
उनले पार्टी बन्दैन भनेर हल्ला गर्ने अन्तर्घातीलाई सबैले चिन्नुपर्ने समेत जिकिर गरे। ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ,’ नेपालले भने, ‘त्यसलाई साथ दिनेहरू कोको छन् पत्ता लगाउनुपर्छ।’
Shares

प्रतिक्रिया