राजनीति


सांसद बडू भन्छन्ः कुलिङ पिरियडबारे छानबिन गर्न सहयोग पाइएला जस्तो छैन

सांसद बडू भन्छन्ः कुलिङ पिरियडबारे छानबिन गर्न सहयोग पाइएला जस्तो छैन

नेपालखबर
असार १८, २०८२ बुधबार १६:५४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानबिन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले मंगलबार सभामुखसँगको भेटमा पनि छानबिन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए। राष्ट्रिय सभामा प्रस्तुत गर्दा सच्याएर पठाइनुपर्ने उनको भनाई छ।

सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानबिन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको उनले स्पष्ट पारे।

उनले भने, ‘सभामुखलाई सहयोग गरिदिनुस् भनेको छु। तर त्यो सहयोग पाइने अवस्था देखिरहेको छैन। अपर हाउसमा दर्ता भइसक्यो। मन्त्री नै जाने हो पेस गर्न त। त्यसकारण मन्त्रीजीलाई भन्न चाहन्छु यो समितिबाट अब हामी यसलाई संशोधन प्रस्तावसहित अघि बढाउँछौँ भन्नुपर्छ।’ 

राष्ट्रिय सभामा विधेयक पेस भइसकेको भन्दै जालझेलको सुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गरे।

उनले भने, ‘जालझेलको सुरुवात कहाँबाट कोको जोडिएको छ, यसको छानविन हुनुपर्छ। सभामुखबाट छानबिनको अपेक्षा गरेका छौँ।’

सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad