राजनीति


एमालेले रामहरिलाई भन्यो: तपाईंको नेतृत्वमा बस्नु लाचार हुन्छ

एमालेले रामहरिलाई भन्यो: तपाईंको नेतृत्वमा बस्नु लाचार हुन्छ

नेपालखबर
असार १८, २०८२ बुधबार १५:१०, काठमाडौँ

नेकपा एमालेका सांसदले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको विषयमा 'बाहेक' भन्ने विषय थाहै नदिई थपेर पास गरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका  सभापति रामहरि खतिवडामाथि गम्भीर प्रश्न उठाएका छन्। 

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले निजामती विधेयकमा गरिएको जालझेललाई सुविचारित ढंगले गरेको अपराधका रूपामा व्याख्या गर्दै जानीजानी त्रुटि गरिएको दाबी गरेका हुन्। 

'सभामुखलाई रिथिंक गरूँ भन्दा फुत्त राष्ट्रियसभा पठाइसक्नुभएछ, राष्ट्रियसभामा पनि त्यही पास भएर राष्ट्रपतिकहाँ भन्लान्,' उनले भने, 'थाहै पाएन भन्न मिल्छ? सभापतिज्यू, बेलैमा बुद्धि पुर्‍याउनुस्, यो ब्लन्डर अपराध हो। सभापतिले बुझेरै साइन गरेको छ। सभापतिले मन्त्रीलाई झुक्याएको हुनुपर्छ। दुराजी समितको सचिव हुने अधिकार गुम्यो। राज्यव्यवस्था समितिमा तपाईंलाई सचिव मान्न सक्दैनौँ।'

उनले खतिवडाले राजीनामा तत्काल दिनुपर्ने र उनको सभापति भएको समितिमा बस्नु लाचार भएको पनि बताए। 

'सभापतिको कुर्सी छोडिदिनुस्, हामी तपाईंको नेतृत्वमा बस्नु निकम्मा, लाचार हुन्छ । दुराजी कहाँ जाने हो, गइदिनुस्,' उनले भने, 'नालीबेली छानबिन गर्न सभामुखले पहल लिनुपर्‍यो। आयोग गठन गर्नुपर्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad