राजनीति


एमालेले पनि माग्यो समिति सभापति खतिवडाको राजीनामा

एमालेले पनि माग्यो समिति सभापति खतिवडाको राजीनामा

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार १२:२२, काठमाडौँ

सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ। 
 
बैठकमा एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन्। 

'यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,' उनले भने, 'हेर्ने अन्तिम दायित्व उहाँहरूको हो। जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।'

त्यस्तै उनले समिति सभापतिसँगै सचिवले पनि पदमा रहिरहन नमिल्ने बताए। 

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको व्यवस्थाबारे निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा उल्लेख भएको विषयमा चर्को आलोचना र विवाद भइरहेको छ। 

एमालेकै सांसद वासुदेव घिमिरेले पनि सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखे। 

'अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ। सभापति र सचिवले राजीनामा दिनुपर्छ' उनले भने। एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे। 

'सभापतिज्यू, अब तपाईंले छोडदिनुपर्छ। समितिको अपमान गर्ने अधिकार हुन्न। सचिव कहाँ चुक्नु भो? तपाईंलाई कसले फसायो ? बाटो खोल्दिनुस्,' उनले भने, 'शंका थियो मैले नराखौँ भनेको हो। बुरुक–बुरुक उफ्रिनुभो। पछि त हटाउनु नै रहेछ। मुलुकलाई घाटा हुन्छ। मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ। अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ।'

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले पनि खतिवडाको राजीनामा मागिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad