राजनीति


कुलिङ पिरियडमा चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : एमाले सांसद गिरी

कुलिङ पिरियडमा चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : एमाले सांसद गिरी

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ अफ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलपछि सांसद गिरीले निष्कर्षमा पुगिसकेपछि सहमति भएको विधेयक जस्ताको त्यस्तै संसद्‍मा गएर पेस हुनुपर्ने बताए।

उनले षड्यन्त्रपूर्वक सहमतिभन्दा बाहिर गएर शब्दमा चलेखेल गरिएको भन्दै आपत्तिसमेत जनाए। यसको छानबिन हुने र टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न नसक्ने गिरीले बताए।

‘निष्कर्षमा पुगिसकेपछि जे सहमति भएको हो जस्ताको त्यस्तै जानुपर्छ,’ उनले भने, ‘संसद्‍मा पेस भएर पास हुनुपर्दथ्यो। यहाँनेर षड्यन्त्र भयो, यो अत्यन्तै गलत काम भएको छ। भोलिका दिनमा छानबिनपछि टुंगो लाग्छ। यसको टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्दैन।’

गिरीले थपे, ‘यसमा जिम्मेवार जोजो हुनुहुन्छ, नैतिकताको आधारमा आफ्नो ठाउँ छोडिनुपर्छ। कारबाही भोग्नुपर्छ। यसमा जो जिम्मेवार छ, निकट भविष्यमा नै थाहा हुन्छ। जिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्छ।’


सरकारले फागुन २०८० मा संसद्‍मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो। 

समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad