राजनीति


रामहरि खतिवडालाई मनीष झाको सुझाव: कि ‘कुलिङ अफ पिरियड’ सुधार्नूस् कि राजीनामा दिनूस्

‘र, पढ्दै नपढेर हुन्छ, हुँदैन भन्नेहरूलाई कुरीकुरी’
रामहरि खतिवडालाई मनीष झाको सुझाव: कि ‘कुलिङ अफ पिरियड’ सुधार्नूस् कि राजीनामा दिनूस्

फाइल तस्बिर : मनीष झा र रामहरि खतिवडा


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा गरिएको गडबडी हटाउन कि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाटै राजीनामा दिन रामहरि खतिवडालाई आग्रह गरेका छन्। 

राज्य व्यवस्था समितिबाट पारित प्रावधान नै निरर्थक हुने गरी कुलिङ अफ पिरियडमा ‘बाहेक’ शब्द घुसाएर संघीय निजामती सेवा विधेयकमा प्रतिनिधि सभाबाट पारित गराइएपछि चौतर्फी विरोध भइरहेको छ।

यसै सन्दर्भमा विपक्षी दल रास्वपाका प्रचार विभाग प्रमुखसमेत रहेका झाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कि त्यो सुधार्न कि आफूले गरेको गल्ती स्वीकार गर्दै समितिबाट बाहिरिन सुझाव दिएका हुन्। 

‘राज्य व्यवस्था समितिका सभापतिज्यू! निजामती विधेयकमा तपाईंले संघीय सदनको रोस्टमबाट टेबल गरेकोभन्दा फरक कुरा कसरी आयो’, झाले भनेका छन्, ‘कि यो सुधार्नुस् कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनूस्।’ 

साथै रास्वपा प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति कटाक्ष पनि गरेका छन्।

उनले लेखेका छन्, ‘र, पढ्दै नपढेर हुन्छ/हुँदैन भन्नेहरूलाई कुरी कुरी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad