राजनीति


पुनः एमालेमा जोडिएकोमा गर्व गर्दछु, कुनै विशिष्ट महत्वाकांक्षा छैन : पूर्वराष्ट्रपति भण्डारी

पुनः एमालेमा जोडिएकोमा गर्व गर्दछु, कुनै विशिष्ट महत्वाकांक्षा छैन : पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
असार १४, २०८२ शनिबार १७:५०, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेमा पुनः जोडिएको घोषणा गरेकी छिन्।

शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक जिम्मेवारीबाट मुक्त भएपछि फेरि एमालेमै जोडिएको बताइन्।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीको भनाइ छ, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’

उनले आफ्नो कुनै विशेष महत्वकाकांक्षा नभएको भन्दै सबैको सधैँभरि माया पाउने विश्वास समेत व्यक्त गरिन्। ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन,’ भण्डारीको भनाइ छ, ‘समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ। सदा झैं सबैको सधैँभरि  माया र विश्वास पाइरहुँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad