राजनीति


ओलीले भंग गर्न खोजेपछि संसद् खोल्न तयार भएँ, एकथरी मैमाथि हमला गर्छन्: प्रचण्ड

ओलीले भंग गर्न खोजेपछि संसद् खोल्न तयार भएँ, एकथरी मैमाथि हमला गर्छन्: प्रचण्ड

नेपालखबर
असार १३, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भिजिट भिसा प्रकरणमा अवरुद्ध गरिरहेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिन पार्टी कसरी तयार भयो भन्नेबारे स्पष्टीकरण दिएका छन्।  

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन्।

'सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ। पटक्कै नबुझेर खत्तम गर्‍यो भनेको जस्तो गर्छन्,' उनले भने, 'अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा। अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले।' 

उनले सत्तामा भएकाहरूबीचको कुराकानी र दुरी नबुझ्नेहरूले आफूमाथि नै घेराबन्दी गर्न लागिपरेको आरोप पनि लगाए।  

'सत्तामा भएकाहरूको बीचमा जति दुरी छ, के हो भन्ने पनि हामीले बुझ्नुपर्नेछ। त्यही अनुसार चाँडै परिणाम आउँदै छ,' उनले थप भने, 'एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन्।'

प्रचण्डले दुई दुई पटक संसद् विघटन गर्ने ओलीविरुद्ध तीनपटक सडकमा उत्रिनुपरेको सुनाउँदै भने, 'कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ। अहिले पनि हामीले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad