राजनीति


पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने प्रदेश २ सरकारको निर्णय

पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने प्रदेश २ सरकारको निर्णय

शैलेन्द्र महतो
चैत २७, २०७६ बिहिबार १४:२५,

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ। पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ। जलेश्वर अस्पतालले हिजैबाट स्तरोन्नतिको काम शुरु गरी सकेको छ भने बाराले समेत आजबाट स्तरोन्नतिको काम शुरु गरिएको जनाएको छ।

त्यसैगरी मन्त्रिपरिषदले कोरोनाको त्रासका बिच अहोरात्र खटि रहेका प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युन्तम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५–५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यता, प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमता भन्दा बढी कैदी रहेको हुँदा त्यहाँ कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०–२०लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .