ad ad

समाज


कोरोना संक्रमितलाई नियन्त्रणमा लिने ७ प्रहरीको रिपोर्ट नेगेटिभ, ७ जनाको बाँकी

कोरोना संक्रमितलाई नियन्त्रणमा लिने ७ प्रहरीको रिपोर्ट नेगेटिभ, ७ जनाको बाँकी

गोकुल जोशी
चैत २७, २०७६ बिहिबार १३:५३,

कञ्चनपुरका कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको रिपोर्ट आएको छ।

कोरोना संक्रमितलाई नियन्त्रणमा लिइ क्वारेन्टिनसम्म पु-याउने बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेव र राजश्व गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी निरीक्षकसहित १४ जना प्रहरीमध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। नेगेटिभ भनेको उनीहरुमा कोरोना भाइरस संक्रमण भेटिएन। अन्य ७ जना प्रहरीको रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

बीओपी ब्रह्मदेवका ५ र राजश्व गुल्म गड्डाचौकीका ९ सशस्त्र प्रहरीमध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। उनीहरु अहिले राजश्व गुल्म गड्डाचौकीमा क्वारेन्टिनमा छन्।

भारतको उत्तराखण्डस्थित लुहाघाट भन्ने स्थानबाट चैत्र ११ मजदुरी गरी फर्किएका बेदकोट नगरपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी भीमदत्त नगरपालिका–९ स्थित खल्लामसेट्टी क्षेत्रबाट महाकाली नदीमा ट्युब तरेर नेपाल आएका थिए। संक्रमितसँगै कञ्चनपुरको बेदकोट नगरपालिकका अन्य १० जना पनि आएका थिए।

लकडाउनको अवस्थामा खल्लामसेट्टी क्षेत्र भएर भित्रिएका उनीहरुलाई बोर्डर आउट पोष्ट ब्रह्मदेवको टोलीले नियन्त्रणमा लिएर राजश्व गुल्म गड्डाचौकी पु-याएको थियो। राजस्व गुल्म, गड्डाचौकीको टोलीले संक्रमितलाई चैत १४ गते राति बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टिनमा राखेको थियो।

क्वारेन्टिनसम्म ओसार्ने राजश्व गुल्म गड्डाचौकीका प्रहरी सहित यातायात सेवा दिने (सवारी धनी, चालक र सहचालक) क्वरोन्टिनमा छन्। महाकाली नदी तार्न सघाउने दुई जनाको पनि स्वाब परीक्षण गरिएको छ। तर उनीहरुको पनि रिपोर्ट आएको छैन्।

यस्तै भारतको उत्तराखण्डबाट कोरोना संक्रमितसँगै फर्किएका अन्य १० जनाको कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .