राजनीति


विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छ : पाण्डे

विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छ : पाण्डे

नेपालखबर
असार ११, २०८२ बुधबार १३:३८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताए।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गरेको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाए।

‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्यूले समितिमा आएर सधैँ भन्नुहुन्छ, तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन,’ पाण्डेले भने, ‘यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस्। हाम्रो सभापतिज्यूले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतीको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन।’

प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad