ad ad

राजनीति


सीमामा अलपत्र नेपालीमाथि दुर्व्यवहार भयाे, तत्काल उद्दार गरः मसाल

सीमामा अलपत्र नेपालीमाथि दुर्व्यवहार भयाे, तत्काल उद्दार गरः मसाल

नेपालखबर
चैत २७, २०७६ बिहिबार ११:२०,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतीय सीमानामा अलपत्र परेका नेपालीप्रति भारतीय पक्षबाट दुर्व्यवहार भइरहेको भन्दै उनीहरुको तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ।

सुदूरपश्चिमका सीमावर्ती क्षेत्रहरूमा आएका नेपालीहरूको अवस्था धेरै नै खराब भएको भन्दै मसालले तिनीहरूका लागि भारतीय पक्षद्वारा राम्ररी खानपिनको व्यवस्था गर्ने, राम्रो व्यवहार गर्ने वा आवश्यकतानुसार क्वारेन्टिनमा उनीहरूलाई बेग्लै राखेर स्वास्थ्य परीक्षण वा उपचार गर्ने कार्यमा समेत समुचित ध्यान नदिएको बताएको छ।

‘हामीले भारतीय सीमामा आएर अलपत्र परेका नेपालीहरूको उद्दार गरेर नेपालमा ल्याएर आवश्यकतानुसार उनीहरूलाई क्वारेन्टिनमा राख्न व्यवस्था गर्नका लागि सरकारसित विशेष माग गर्दछौँ’ मसाल महामन्त्री मोहन विक्रम सिंहले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘वास्तवमा भारतीय सीमामा आएर बसेका नेपालीहरूको समस्या गम्भीर मानवीय प्रश्न भएको छ। त्यसकारण उनीहरूलाई उद्दार गरेर नेपालमा ल्याउनका लागि हामीले सरकारका साथै सबै राजनीतिक पार्टी, संघसंस्था र सबै न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ।’

हालै सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्न आदेश दिएको थियो। उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले शुक्रबार र शनिबार दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेपनि सीमामा अलपत्र नेपालीबारे कुनै कुरा उल्लेख गरेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा भारतीय सीमामा करिब दुई हजार नेपाली रहेका उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .