राजनीति


सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा : शाही

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा : शाही

नेपालखबर
असार १०, २०८२ मंगलबार १२:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिप्रति आपत्ति जनाए।

दुधको साक्षी बिरालो राखेर समस्याको समाधान हुन नसक्ने भन्दै शाहीले जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने बताए।

‘यो १८ वर्षमा १४ जना गृहमन्त्री भएका छन्, यी १४ जना गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तर, अहिले दूधको साक्षी बिरालो। दुधको साक्षी बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त? अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारीलाई राखेर जुन छानबिन समिति बनाए यसले विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन।’

शाहीले थपे, ‘यो निगाहा प्राप्त गरेको, एकैछिनको अझ अपराधको ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा हो। यो प्रोपोगाण्डाका विरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुन्छौँ। यो छानबिन समितिले न्याय दिन सक्दैन।’

उहाँले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत आग्रह गर्नुभयो । – न्युज एजेन्सी नेपाल
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad