राजनीति


सदनमा बोल्न नपाएका प्रधानमन्त्रीले पत्रकारलाई सोधे: मज्जा आयो?

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीले पत्रकारलाई सोधे: मज्जा आयो?

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८२ शुक्रबार १३:५०, काठमाडौँ

आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहने कार्यसूची थियो। सोहीअनुसार बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले मन्त्रालयको बजेटबारे छलफलअघि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम सुरु हुने भनेर बैठकको कार्यसूची प्रवेश भएको सुनाए।

लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठनको माग गर्दै आइरहेका छन्।  उनीहरूले समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेका छन्। 

आज रास्वपाका सांसदहरू कालो पोसाक र निलो रिबन भिरेर सदनमा वेल घेराउ गर्न पुगेका थिए। विरोधपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सुनाए। 
त्यसपछि प्रधानमन्त्री बैठककक्षबाट बाहिरिए। उनी बाहिरिएसँगै रास्वपा र राप्रपाका सांसद पनि बाहिरिए। 

प्रश्नोत्तर कार्यक्रमबाट स्थगित भएसँगै बाहिरिएका प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीहरूले प्रश्न सोधे- आज संसद्‌मा बोल्न पाउनु भएन नि हैन?'

प्रधानमन्त्रीले उल्टै पत्रकारहरूलाई प्रश्न गर्दै सोधे- मज्जा आयो?
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि अन्य मन्त्रालयको विनियोजनमाथि छलफल भने जारी छ। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad