राजनीति


देउवा, ओली र प्रचण्ड भेट्दै

देउवा, ओली र प्रचण्ड भेट्दै

नेपालखबर
असार ५, २०८२ बिहिबार १२:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताबीच छलफल हुँदैछ। ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल हुन लागेको हो।  

तीन नेताको भेट दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रकाश शिलवालले नेपालखबरलाई जानकारी दिए।

'हिजो हुन नसकेको तीन नेताको छलफल आज २ बजेका लागि तय भएको छ,' उनले भने। तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad