राजनीति


एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन, तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : पौडेल

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन, तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : पौडेल

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८२ बुधबार १३:५०, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामथ्र्य पार्टी नेतृत्वसँग रहेको गरे।

‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन,’ पौडेलले भने, ‘समस्याहरु छन् तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्नसक्ने तहभित्रै छन्।’

उनले थपे, ‘अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनैपनि समस्याको समाधान गर्नसक्छ। पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्नसक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरुले विश्वास गर्नुपर्छ। र त्यो सामथ्र्य हामीसँग छ भन्ने विश्वास समेत छ।’ 

तर, पार्टी कार्यकर्तामा शिथिलता देखिएको उनको टिप्पणी छ। ‘एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे,’ पौडेलले भने, ‘अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहेनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो।’

उनले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले पार्टीका आन्तरिक समस्याको समुचित मूल्यांकन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad