राजनीति


अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी

अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी

नेपालखबर
असार ३, २०८२ मंगलबार १६:३८, काठमाडौँ

रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ। 

बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्‌मा उजुरी दिएका हुन्। उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन्। 
 
रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्म कैदको फैसला सुनाएको थियो।  

उक्त फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै गत जेठ १४ गते थारु र महर्जनको इजलासले जेलमुक्त हुने आदेश गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad