राजनीति


सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : वनमन्त्री शाही

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : वनमन्त्री शाही

नेपालखबर
असार ३, २०८२ मंगलबार १३:५६, काठमाडौँ

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्ययोजना बनाई अघि बढेको बताएका छन्।

सहास नेपाल, युथ एलान्स फर इन्भाइरोन्मेन्ट, क्रिडाकलगायत संस्थाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटनमा उनले संवादको ‘२५ बुँदे सगरमाथा आह्वान’ कार्यान्वयन गर्न सबैसँग समन्वय गरी अघि बढेको जानकारी दिए।

मन्त्री शाहीले भने, ‘नेपाल जलवायुबाट बढी प्रभावित मुलुक हो, त्यसमा पनि महिला, बालबालिका, आदिवासी/जनजाति, दलित, लोपोन्मुख समुदाय बढी प्रभावित छन्। त्यस्ता समुदायको आवाज अझ मुखरित गर्न संवादमार्फत सफल भएका छौँ।’

कार्यक्रममा राष्ट्रियसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)का सभापति ठाकुरप्रसाद गैरेले संवादमार्फत नेपालले जलवायुले हिमालमा पारेको असर विश्वसामु ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गरे। उनले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न संवादबाट उद्घोष हुनु नै ठूलो सन्देश भएको बताए।

कार्यक्रममा पूर्वसचिव मधुकुमार मरासिनीले प्रमुख मन्तव्य प्रस्तुत गर्दै हिमाल हाम्रो पहिचान र सभ्यता भएकाले यसको संरक्षणमा लाग्नु सबैको कर्तत्व भएको बताए। सहास नेपालका कार्यकारी निर्देशक डा सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादका निष्कर्षलाई नीतिमा आबद्ध गर्न र साझा धारणा बनाउन कार्यक्रम गरिएको बताए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad