राजनीति


बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : सांसद ज्वाला

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : सांसद ज्वाला

फाइल तस्बिर


नेपालखबर
असार २, २०८२ सोमबार १४:४७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसंगठनका नाममा कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर दाबी समेत गरे।

‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ,’ ज्वालाले भने, ‘मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका  कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ। जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्।’

कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको समेत उनको टिप्पणी छ।

‘कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन्,’ ज्वालाले भने, ‘केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ।’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad