राजनीति


बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन

बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन

नेपालखबर
असार १, २०८२ आइतबार १५:३५, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका छन्। 

उनले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताए। वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको पुनको जिकिर छ।  

'अहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठूलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकार हो। दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौ, राजनीतिक अस्थिरता देखिएको छ यसलाई स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो। यो पृष्ठभूमिमा आएको यो बजेट हो,' उनले भने, 'यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ। सरकार बलियो, बजेट कमजोर। बजेटलाई हेर्दा एजेण्डाहरूलाई नारासहित विषयमा केन्द्रित गरेर, बजेटलाई प्याकेजिङ गरेर, ब्रान्डिङ गरेर एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको हो, त्यहाँ फोकस हुन्थ्यो। एकातिर अर्थमन्त्री ज्यूको मिहिनेत देखिएन र साथसाथै, दुई ठूला दलहरूले गर्नुपर्ने मिहिनेत जति हुनुपर्थ्यो त्यो पनि भएन।'  

उनले आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको टिप्पणी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad