राजनीति


कांग्रेस सांसद बजगाईंले गरे बजेटको विरोध

कांग्रेस सांसद बजगाईंले गरे बजेटको विरोध

नेपालखबर
असार १, २०८२ आइतबार १४:३०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आउँदो आर्थिक वर्षको बजेटको विरोध जनाएका छन्। आज आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा उनी दर्शकदीर्घामा पुगेर आर्थिक वर्ष ०८१/०८२ को बजेटमाथि विरोध जनाएका हुन्।  

उनले गोरखाको बजेट काटिएको विषयमा ध्यानाकर्षण गराएका छन्। 'सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ,' उनले वक्तव्यमार्फत भनेका छन्, 'नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ!' 

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरण हो भन्ने नबुझेको आरोप लगाएका छन् ।

'सायद तपाईंले गोरखाको विनासडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गर्नुभयो। बजेटको विरोध दर्शकदीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुःखद् विषय हो' उनले भनेका छन्।  

मन्त्री दाहालले प्रजातान्त्रिक मूल्यको मर्म नबुझेको र देशको भूगोलप्रति आवश्यक ज्ञान पनि हासिल नगरेको उनको आरोप छ। 

'त्यसैले उहाँ (देवेन्द्र दाहाल) गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन्,' उनले भनेका छन्, 'गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु। पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनुभएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad