राजनीति


गृहमन्त्रीले संसद्‌मै धम्क्याएको राप्रपाको आरोप

गृहमन्त्रीले संसद्‌मै धम्क्याएको राप्रपाको आरोप

नेपालखबर
असार १, २०८२ आइतबार १२:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसद्‌मा अवरोध जारी राख्ने बताएका छन्।  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रबार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा प्रस्तुत भएको बताए। उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए। अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताए।

‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचबिखनको अनुसन्धान चाहन्छौँ। यसको विरुद्धमा छानबिन समिति बन्नुपर्छ। छानबिन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ,' उनले भने, 'अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्छ। गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ।’

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा आफूहरू अघि नबढ्ने स्पष्ट पारे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad