विद्यालय शिक्षा विधेयक, २०८० को उपसमितिका संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत छलफल पछि प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताएका छन्।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपसमिति संयोजक विश्वकर्माले सरकारले समय समयमा विभिन्न सरोकारवालाहरुसँग गरेका सम्झौता सहमतिमा समेटिएका र विधेयकमा सम्बोधन हुनुपर्ने विषयका बारेमा पनि सम्बन्धित मन्त्रालयसँग माग गरेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए।
‘यो उपसमितिले जुन खालको परिस्थितिमा जिम्मेवारी प्राप्त गर्यो, प्राप्त हुँदाताकाको परिवेश कस्तो थियो? आधारहरु के थिए ? छलफलको विषय कसरी बनाइयो? संहितामा सीमाबद्ध भएर विषयहरुलाई कसरी अगाडि बढाइयो? आदि आदि कुराहरु छन्,’ उनले भने, ‘उपसमितिका बैठकहरुमा पनि जिम्मेवार पक्ष अनवरतरुपमा त्यसमा राखेर धेरै हिसाबले विमर्श गरेर यो प्रतिवेदनलाई अन्तिम आकार दिइएको कुरा पुनः स्मरण गराउन चाहन्छु।’
उनले निष्कर्षहरु खण्ड खण्डमा आउनु उचित नहुने भन्दै दुई विषयलाई भने समितिमै छलफल गरेर टुंगोमा पुर्याउने गरी प्रतिवेदन समितिसमक्ष बुझाएको स्पष्ट पारे।
Shares

प्रतिक्रिया