राजनीति


माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ: राजेन्द्र लिङ्देन

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ: राजेन्द्र लिङ्देन

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १७:११, काठमाडौँ

भिजिट भिसा प्रकरणमा अवरुद्ध प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सम्झौतालाई आत्मसमर्पण गरेको टिप्पणी गरेका छन्। उनले माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका हुन्।  

'१८ दिनदेखिको नाटक देखिरहेका छौँ। प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूरवक आत्मसमर्प र वीर्तापूर्वक पछि हटेको सुन्न पाइयो,' उनले भने, 'हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाका लागि तर होइन लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिरहेका छन्।'

लिङ्देनअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरेका थिए। आज सत्तारुढ दल र माओवादीले दुई बुँदे सहमति गरेर सदन सञ्चालन भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad