राजनीति


रिपब्लिक मिडियाले भन्यो: परराष्ट्रमन्त्री आरजु राणाबाट धम्की आयो

रिपब्लिक मिडियाले भन्यो: परराष्ट्रमन्त्री आरजु राणाबाट धम्की आयो

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १३:४२, काठमाडौँ

नेपाल रिपब्लिक मिडियाले निर्देशक शोभा ज्ञवालीमाथि परराष्ट्र मन्त्री आरजु राणा देउवाले धम्की दिएको बताएको छ। मिडियाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक र रिपब्लिका दैनिकमा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउपुर्जी जारी गरेको सम्बन्धी समाचार प्रकाशन भएको विषयमा राणाले फोन गरी धम्की दिएको जनाएको हो। 
 
‘परराष्ट्र मन्त्री राणाका अभिव्यक्ति पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्ध र स्वतन्त्र प्रेसलाई ठेगान लगाउने धम्कीयुक्त रहेका थिए,’ नेपाल रिपब्लिक मिडियाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ,'पत्रकार पाठकले हिल्टन होटलको सेयरसम्बन्धी समाचारमा आफूलाई मुछेको भनी परराष्ट्रमन्त्री राणा र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतको पक्राउ आदेश दिएको समाचार नागरिक र रिपब्लिकामा प्रकाशित भएको थियो। यसका साथै रिपब्लिकामा प्रेस काउन्सिल नेपाल, एफएनजे मस्ट एक्ट टु रेस्टोर मिडिया-जुडिसियरी ट्रस्ट' शीर्षकमा सम्पादकीय लेखेको थियो। उहाँको आक्रोश यी समाचार सामग्रीमाथि रहेको प्रष्ट देखिन्छ।’  

मन्त्री राणाले निर्देशक ज्ञवालीलाई बिहीबार दिउँसो १:५३ बजे आफ्ना निजी सहायक कमल रावलको ह्वाटस्यापबाट टेलिफोन गरी मिडिया र यसका सञ्चालकहरूलाई धरासायी गराइदिने धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख छ।
 
'ज्ञवालीले विनम्रतापूर्वक आफूले ती समाचार सामग्री र सम्पादकीय नपढेको र पढेपछि त्यसबारे आफ्नो धारणा बताउने भन्दा भन्दै परराष्ट्रमन्त्री राणाले एकोहोरो आक्रमण गरिरहनु भयो। परराष्ट्रमन्त्री राणाले पत्रकार पाठकमाथि उनको युट्युब च्यानल प्रेस काउन्सिल नेपालमा दर्ता नभएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमार्फत् कारबाही अगाडि बढाइएकोसमेत बताउनुभयो। राणाका अभिव्यक्ति पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध र स्वतन्त्र प्रेसलाई ठेगान लगाउने धम्कीयुक्त रहेका थिए’ विज्ञप्तिमा उल्लेख छ।

आरजु राणाले भने आफूले समाचारको विषयमा फोन गरेको तर धम्की नदिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad