राजनीति


सरुवा भएका कर्मचारी तीन दिनभित्र काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

सरुवा भएका कर्मचारी तीन दिनभित्र काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

नेपालखबर
जेठ २८, २०८२ बुधबार १७:४१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ।

सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरूलाई भनेका थिए।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरूलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वापतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो। सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad