हङकङको एचके एक्सप्रेसले अगस्ट १ देखि हङकङ र सुबाङ, मलेसियालाई जोड्नेगरी नयाँ सिधा उडान सुरु गर्ने घोषणा गरेको छ। यसले यात्रुलाई पेनाङपछि मलेसियाको दोस्रो गन्तव्य प्रदान गर्नेछ।
एक्सप्रेसले बुधबार बताएअनुसार सेवा सुरु भएपछि सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा पुग्न लगभग चार घण्टा लाग्ने दैनिक एउटा उडान हुनेछ। जहाँबाट यात्रुहरू भन्सार पास गरेपछि ३० मिनेटभित्र क्वालालम्पुरको केन्द्रमा पुग्न सक्नेछन्।
हङकङबाट उडान साँझ ४:३५ बजे प्रस्थान गर्नेछ भने क्वालालम्पुर (सुबाङ) बाट फिर्ता उडान राति ९:३० बजे हुनेछ।
नयाँ गन्तव्यको यस उडानका लागि सुरुका निश्चित दिनका लागि छुटसहितको अफर राखिएको पनि एक्सप्रेसले जनाएको छ।
81
Shares

प्रतिक्रिया