राजनीति


म्याग्दी पुगेका प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान (तस्बिरहरू)

म्याग्दी पुगेका प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान (तस्बिरहरू)

नेपालखबर
जेठ २८, २०८२ बुधबार १०:३, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन्।

अध्यक्ष प्रचण्डले बुधबार बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा स्नान गरेका उनकाे सचिवालयले जनाएकाे ५। 

पार्टीकाे कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए।

म्याग्दी हुँदै आजै उनी मुस्ताङतर्फ लागेका छन्। मुस्ताङमा उनलाई स्थानीय नेताकार्यकर्ता र प्रमुख अधिकारी लगायतले स्वागत गरेका छन्। 

मुस्ताङको लेतेमा अध्यक्ष प्रचण्डले आज मोर्निङ वाक गर्नुका साथै  लेते छ्या जोड्ने पुलको अनुगमन पनि गरेका उनको सचिवालयले जनाएको छ। 

मंगलबार नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको तेस्रो महानगर सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएर उनी हिमाली जिल्लाको भ्रमणमा लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad