राजनीति


एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १८:१२, काठमाडौँ

नेकपा (एमाले)का मधेस प्रदेशका सांसदसमेत रहेका डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । 

धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । 

ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ। उनी एमालेको मधेस प्रदेशका संसदीय दलका उपनेता समेत हुन्। 

अख्तियारले त्यस्तै औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसहित १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad