राजनीति


ट्रम्प पेरिस सम्झौताको विरुद्धमा छन्ः सभापति देउवा

ट्रम्प पेरिस सम्झौताको विरुद्धमा छन्ः सभापति देउवा

नेपालखबर
जेठ २६, २०८२ सोमबार २०:३९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको देउवाको भनाई थियो।

फरक प्रशंगमा सभापति देउवाले गाउँ रित्तो भइसकेको बताए। उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए। 

सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको उनको भनाई थियो।

पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने उनले स्पष्ट पारे। सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरू बनाउनुपर्ने बताए। उनलृ जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताए। हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको देउवाको दुखेसो छ।

उनले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताए। नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको देउवाको भनाई छ। जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताए। जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको उनले स्पष्ट पारे।

सभापति देउवाले भने, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो। तर अब अहिले गाउँ नै रित्तिसक्यो। गाउँ छैन। कोही गाउँमा बस्न तयार छैन। सबै तराईमा आइसकेका छन्। पहाडमा बस्न कोही तयार छैनन्। पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ। हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad