राजनीति


मतदाताको गुनासो सुन्न विराजभक्तले सार्वजनिक गरे 'क्यूआर'

मतदाताको गुनासो सुन्न विराजभक्तले सार्वजनिक गरे 'क्यूआर'

नेपालखबर
जेठ २६, २०८२ सोमबार १९:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मतदाताको गुनासो र समस्या सुन्न डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएका छन्। काठमाडौँ-८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना मतदातासँगको पहुँच विस्तार गर्न गुनासो सुन्ने व्यवस्था मिलाएको बताएका छन्।  

उनले भने, ‘आमनागरिकको सहजता र सुविधाका लागि प्रविधिको प्रयोग गरिएको हो।’ जनसेवाको भावनालाई समयअनुसार नयाँ प्रविधि र प्रणालीमा रूपान्तरण गर्दै लगिने उनले बताए।

सांसद श्रेष्ठले आफ्नो फेसबुक पेजमा क्युआरकोड राखेका छन्। त्यसलाई स्क्यान गरेपछि एउटा फाराम देखापर्छ। त्यो फारममा भएका सबै विवरण भरिसकेपछि गुनासा, सुझाव र समस्याहरू एकै ठाउँमा संकलन हुन्छन्। कुनै जिज्ञासा भएमा जबाफ पनि दिइने सांसद श्रेष्ठको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad