सीके राउत नेतृत्वको जनमत पार्टीले २१ सदस्यीय ‘प्रेस जनमत संघ’ घोषणा गरेको छ।
अध्यक्ष राउतले सप्तरीका पत्रकार अवधेशकुमार झाको अध्यक्षतामा संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको जानकारी दिएका हुन्।
संघको सहअध्यक्षमा रामनारायण विश्वास र सचिवमा ललनकुमार मण्डल चयन भएका छन्।
राउतले आफ्नो पार्टीको लेटरप्याडमै पत्रकार संघ गठन गरिएको जानकारी दिएका हुन्।
हेर्नुहोस् नामावली

345
Shares

प्रतिक्रिया